गगन थापाले भने: विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुन्छ - Chaitanya News
  • 2026-10-06
  • 05:34:57
  • सोमबार,आश्विन १९, २०८३
  • गगन थापाले भने: विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुन्छ

    गगन थापाले भने: विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुन्छ

    काठमाडौँ– नेपाली कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताएका छन्। भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

    उनले विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने बताए। ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ’, महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने– ‘सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ।’

    उनले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गरे। उनले आफूहरूलाई अलमल्याएर सानेपाले निर्वाचन आयोगमा पत्र पठाएको भन्दै आक्रोश व्यक्त गरे। उनले आफूहरूलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्ने भन्दै त्यो कारबाहीको वैधता नरहेको दाबी गरे।