यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-11-21
  • 15:48:49
  • शनिबार,मंसिर ०६, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार, पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ।

    यस्तै, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।