दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष निष्कासनको घोषणासँगै कांग्रेस विभाजन ! - Chaitanya News
  • 2026-06-22
  • 11:56:54
  • सोमबार,आषाढ ०८, २०८३
  • दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष निष्कासनको घोषणासँगै कांग्रेस विभाजन !

    दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष निष्कासनको घोषणासँगै कांग्रेस विभाजन !

    काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको छ।

    आज (बुधबार) पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासनको घोषणा गरेको हो।

    अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ। यसअघि पार्टीभित्र विवाद मिलाउनका लागि पटक पटक भएपनि सहमति जुट्न सकेको थिएन।