हर्क साम्पाङले भने: ‘झापामा ओली र बालेनलाई पछार्नेछौँ’ - Chaitanya News
  • 2026-05-05
  • 17:27:51
  • मंगलबार,बैशाख २२, २०८३
  • हर्क साम्पाङले भने: ‘झापामा ओली र बालेनलाई पछार्नेछौँ’

    हर्क साम्पाङले भने: ‘झापामा ओली र बालेनलाई पछार्नेछौँ’

    काठमाडौँ– धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन साहलाई पछार्ने बताएका छन्।

    हिजो (बिहीबार साँझ) साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन्। उनले भने, ‘हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ।’

    जति नै भ्रमको अँध्यारो छरे पनि आफू आएर बोलेपछि एक सेकेन्ड पनि भ्रम नटिक्ने उनले दाबी गरेका छन्।

    झापा क्षेत्र नम्बर ५ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको निर्वाचन क्षेत्र हो। यही निर्वाचन क्षेत्रबाट बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा छ।