पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाशले भने: कांग्रेस र देशलाई बदल्ने प्रयासमा द‌ृढ छौँ - Chaitanya News
  • 2026-11-22
  • 04:33:53
  • शनिबार,मंसिर ०६, २०८३
  • पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाशले भने: कांग्रेस र देशलाई बदल्ने प्रयासमा द‌ृढ छौँ

    पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाशले भने: कांग्रेस र देशलाई बदल्ने प्रयासमा द‌ृढ छौँ

    काठमाडौँ– नेपाली कांग्रेसबाट निष्कासनमा परेका विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा आफू र गगन थापा द‌ृढ दृढ रहेको बताएका छन्।

    आज (बुधबार) कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वयसहित तीन पदाधिकारीलाई पाँच वर्षका लागि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन्।

    विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको भन्दै अब सही नेतृत्व दिने समेत उनले बताए।