चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1090 of 1097
  • 2026-10-02
  • 03:20:30
  • बिहिबार,आश्विन १५, २०८३

About Author

चपाउन नमिल्ने मतपत्र छापियोस् : एमालेकी सांसद थापा

काठमाडौं– नेकपा एमालेकी सांसद दिलकुमारी रावल थापाले चपाउन नसकिने मतपत्र छाप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। आज बसेको राष्ट्रिय सभा बैठकमा उनले वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उक्त आग्रह गरेकी हुन्। निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागु गर्नुपर्ने उनको भनाइ छ। भयरहित रुपमा निर्वाचन सम्पन्नको प्रबन्ध मिलाउन थापाले आयोगको ध्यानाकर्षण गराएकी छन्। सांसद थापाले गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिएकी हुन्। उनले भनिन्, ‘विद्युतीय मतदान प्रणाली लागू गर्न, नच्यातिने र चपाउन नसकिने मतपत्र बनाउन तथा मतपेटिका साट्न नसकिने बनाउन र मतगणनास्थललाई तारबारले व्यवस्थित, विगतको कालो दिन दोहोरिन नदिने आयोगको दायित्व हो, आयोगको यसमा ध्यानाकर्षण गराउन चाहन्छु।

News by चपाउन नमिल्ने मतपत्र छापियोस् : एमालेकी सांसद थापा :