संयुक्त राष्ट्र मानवअधिकार परिषदमा वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज - Chaitanya News
  • 2026-04-24
  • 15:26:48
  • शुक्रबार,बैशाख ११, २०८३
  • संयुक्त राष्ट्र मानवअधिकार परिषदमा वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज

    संयुक्त राष्ट्र मानवअधिकार परिषदमा वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज

    काठमाडौं– संयुक्त राष्ट्र मानवअधिकार परिषदमा वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज भएको छ।

    चीनको शिनजियाङ्ग क्षेत्रमा मानवअधिकार उल्लङ्घनमाथि बहसका लागि क्यानडा, अमेरिका र बेलायतसहितका मुलुकले मस्यौदा प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावको पक्षमा पर्याप्त मत नआएपछि खारेज गरिएको हो।

    चीनविरुद्ध आएको प्रस्तावमा ४७ मुलुकमध्ये १७ मुलुकले मात्रै पक्षमा मतदान गरेका थिए भने चीनसहित १९ मुलुकले विपक्षमा मतदान गरेका थिए।

    विपक्षमा मतदान गर्नेमा नेपालसहित पाकिस्तान, कतार, संयुक्त अरब इमिरेट्स, उजबेकिस्तान र सुडान थिए। ११ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन्।