अछाममा एमालेका ३८ नेताले दिए सामूहिक राजीनामा - Chaitanya News
  • 2026-04-24
  • 15:22:14
  • शुक्रबार,बैशाख ११, २०८३
  • अछाममा एमालेका ३८ नेताले दिए सामूहिक राजीनामा

    अछाममा एमालेका ३८ नेताले दिए सामूहिक राजीनामा

    काठमाडौं– अछाममा नेकपा एमालेका ३८ नेताहरुले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले शनिबार एमाले अछामका जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

    प्रतिनिधि सभा निर्वाचनमा भीम रावललाई अछाम– १ का एकल उम्मेदवार सिफारिस गरिए पनि पार्टी केन्द्रले टिकट वितरण गर्दा बेवास्ता गरिएको भन्दै राजीनामा दिइएको हो। राजीनामा दिनेमा ३० जिल्ला कमिटी सदस्य छन्। त्यस्तै, बाँकी सल्लाहकार छन्।

    ‘तल्लो कमिटीद्वारा गरिएको सर्वसम्मत निर्णयको बेवास्ता तथा पार्टी नेता, कार्यकर्ता एवं जनभावनाको विपरीत निर्णय भएकोले घोर भर्त्सना गर्दै हामी तपसिल बमोजिमका व्यक्तिहरु आ(आफ्नो पदीय जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुनेगरी सामूहिक राजीनामा गर्दछौँ’, राजीनामा पत्रमा भनिएको छ।

    एमाले अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले रावलको नाम एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष केपी शर्मा ओलीले रावललाई टिकट नदिएर सो क्षेत्रमा झपट बोहोरालाई टिकट दिएका छन्। बोहोरा माओवादीबाट एमाले प्रवेश गरेका नेता हुन्।