चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 508 of 1153
  • 2026-11-22
  • 16:05:42
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यस्तो छ तपाईंको आजको राशिफल

मेष–  चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष–  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ । मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । कर्कट–  हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । सिंह–  मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । कन्या–  टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ । तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । वृश्चिक–  तो, ना, नि, नु, ने, नो, या, यि, यु मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला । धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ । मकर–  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,ग मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ । कुम्भ–  गु, गे, गो, सा, सि, सु, से, सो, दा घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ । मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा विवाद पनि आउला । तपाईंको दिन मङ्गलमय रहोस् ।