मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन्। नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ। फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ। पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, ह
आज मिथुन राशिका लागि आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन। पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन। आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कर्कट राशिका लागि पनि आज समय भरपर्दो छैन। सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन। आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन्। स्वास्थ्य पनि भरपर्दो नरहला। अनावश्यक खर्चले सताउला। आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्य ठीकठाक रहनेछ। मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ। सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन्। समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ। नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ।
तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन। साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ। जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ। तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ। आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशि भएकाहरूका लागि आज स्वास्थ्यमा समस्या आउन सक्छ। खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला। पेट गड्बडीको सम्भावना बलियो छ। तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन्। आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन।
धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिका लागि आज स्वास्थ्यमा सुधार आउनेछ। पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ। जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ। पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ। विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ।
मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशि भएकाहरूका लागि आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन्। आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ। आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ। आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिका लागि आज समय अत्यन्तै शुभ छ। भाग्यस्थानको चन्द्रमाको प्रभावले आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। स्वास्थ्यले समेत साथ दिनेछ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशि भएकाहरूका लागि आज समय खराब छ। स्वास्थ्य पनि भरपर्दो रहनेछैन। चिसोबाट सतर्क हुनुहोला। यत्रामा समेत झमेला हुन सक्नेछ। लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ। आम्दानीका स्रोतहरू बन्द हुनेछन्। राशिमा जेजस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।