जाडोमा मरीच खानुका १० फाइदा - Chaitanya News
  • 2026-04-29
  • 22:49:10
  • बुधबार,बैशाख १६, २०८३
  • काठमाडौं– देशभर जाडो बढीरहेको छ। गर्मीको तुलनामा चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन्। जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ।

    यस्ता छन् जाडोमा मरीच खानुका फाइदा:

    – पाँच चम्चा जति गाईको घ्यूमा सात गेडा मरिच झानेर टाउको दुखेको बेलामा लगाउनदा टाउको दुख्न निको हुन्छ।

    – मरिचलाई पानीमा पिनेर लेप बनाएर दाहिने पट्टिको टाउकोको भाग दुखेको भए देव्रेपट्टिको कंचटमा लेप लगाउने र देव्रे पट्टिको भाग दुखेको भए दाहिने पट्टिको भागमा लेप लगाएमा ठीक हुन्छ।

    – मरिचको १० वा १५ दाना पिनेर फिटेर दैनीक सेवन गरेमा एक सातामा रुघाखोकी ठीक हुन्छ।

    – २५–३० दाना मरिच हालेर पिँधेर, दुई ग्लाँस पानीमा पकाएर खाने त्यसपछि सिरक ओडेर सुत्न सुत्ने। यो प्रक्रियाले पिनास, रुघा र टाउको दुखेको रोग ठीक हुन्छ।

    – १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउने। त्यसलाई दिनको तीन–चार वटा गोली चुस्ने। यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक हुन्छ।

    – हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठीक हुन्छ।

    – कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप लगाएमा ठीक हुन्छ।

    – एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ।

    – गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु लाग्नबाट बच्न सकिन्छ।

    – मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जान्छ।

    – मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्या ठीक हुन्छ।

    – मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ।

    – फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुन्छ।

    – १ चम्चा मरिचको धूलो एकचम्चा महसँग फिटेर बिहान खाली पेटमा खाएमा भोक लाग्छ।

    – यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठीक हुँदै जान्छ। मरिचका फाइदा मात्र छैन केही बेफाइदा पनि छ । मरीचको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ।