नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै - Chaitanya News
  • 2026-05-08
  • 02:00:20
  • बिहिबार,बैशाख २४, २०८३
  • नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

    नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् ।

    जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।

    चार समूह र नेपाली कम्युनिस्ट पार्टी बिचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

    कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदैछ । यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह पनि समाहित हुँदैछ।