जाडोमा कस्तो खानपान उपयुक्त ? - Chaitanya News
  • 2026-04-29
  • 21:23:02
  • बुधबार,बैशाख १६, २०८३
  • जाडोमा कस्तो खानपान उपयुक्त ?

    जाडोमा कस्तो खानपान उपयुक्त ?

    काठमाडौं– देशभर जाडो धेरै बढेको छ । शरीरले न्यानो र तातो खानेकुरा खोज्न थालिसकेको छ । चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ ।

    चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगकाे संक्रमण शुरु हुन थाल्छ ।

    चिसो मौसमका उपयुक्त खाना:

    चिासो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ । चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ । तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन ।  बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

    हरियो सागपातको धेरै प्रयोग:

    चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।

    बेलुकाको खाना छिटै खाने:

    जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।

    सुत्नुअघि दुध:

    चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

    व्यायाम:

    जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्तामा एकदिन व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ ।

    भिटामिनको भरपुर प्रयोग:

    खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।