1. ग्लोबल पिस (शान्ति) ईन्डेक्स, २०२५ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. ७१ औ B. ७६ औ C. ७० औ D. ८१ औ
2. सन् २०२५ सेप्टेम्बरमा भएको युनिटि कप ट्वान्टी -२० अन्तर्राष्ट्रिय शृखंलाको उपाधि कसले जित्यो ?
A. श्रीलंका B. ब्राजिल C. बंगलादेश D. भारत
3. कोशी नदीको सहायक नदीमा सबैभन्दा ठुलो नदी कुन हो ?
A. लिखु B. तामाकोशी C. ईन्द्रावती D. अरुण
4. निम्न देशहरु बारे विचार गर्नुहोस् ।
१) अर्जेन्टिना २) ब्राजिल ३) पाराग्वे ४) नामिबिया
माथि उल्लेखित देश मध्ये कुन कुन देशलाई मकर रेखाले छाएर जान्छ ?
A. 1 र 2 मात्र B. 3 र 2 मात्र C. माथिका सबै D. १,२,३ र ४ मात्र
5. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?
A. बेलायत B. फ्रान्स C. ईटाली D. जर्मनी
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
सर्वप्रथम व्यक्ति
a. शमशेर उपाधि पाउने 1. जंगबहादुर राणा
b. राणा उपाधि पाउने 2. राजा त्रिभूवन
c. अमेरिका जाने प्रथम व्यक्ति 3. धीरजंग कुवर
d. युरोप जाने राजा 4. पदमसुन्दर मल्ल
A) a3,b1,c4,d2 B) a1,b2,c3,d4
C) a4,b3,c1,d2 D) a3,b2,c1,d4
7. नेपालमा MRP पासपोर्टको सुरुवात कहिले देखि भएको हो ?
A. वि.सं. २०६७ माघ ११ B. वि.सं. २०६७ पुष ११
C. वि.सं. २०६७ बैशाख ११ D. वि.सं. २०६७ पुष ११
8. डुम्जे पर्व कुन जातिमा प्रचलित पर्व हो ?
A. शेर्पा B. मगर C. राई D. पहारी
9.’In Search of loss time’ का लेखक को हुन् ?
A. लियो टलसटोय B. मार्क ट्वेन C. मार्सेल प्रोस्ट D. विलियम सेक्सपियर
10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
संविधान मौलिक हक
a. नेपालको अन्तरिम शासन विधान, २००७ 1. ८ वटा
b. नेपाल अधिराज्यको संविधान, २०१५ 2. ७ वटा
c. नेपालको अन्तरिम संविधान , २०६३ 3. १३ वटा
d. नेपाल अधिराज्यको संविधान, २०४७ 4. २१ वटा
A) a2,b1,c3,d4 B) a2,b1,c4,d3
C) a1,b4,c3,d2 D) a3,b1,c2,d4
11. न्याय सेवा आयोगको सम्बन्धमा नेपालको संविधानको कुन धारामा व्यवस्थित गरिएको छ ?
A. १०० B. १६० C. १५४ D. १५६
12. नेपालको संविधान सम्बन्धि कुन जोडा गलत छ ?
A. दुरसञ्चार – संघको अधिकार सूची B. भूमि व्यवस्थापन – प्रदेशको अधिकार सूची
C. बेरोजगारी सहायता – स्थानी तहको अधिकार सूची D. खानेपानी -तिनै तहको अधिकारको साझ सूची
13. संघ,प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्धको व्यवस्था कति भागमा गरिएको छ ?
A. भाग १० B. भाग १५ C. भाग २१ D. भाग २०
14. तल दिइएका भनाईहरुमा कुन गलत छ ?
A. सगरमाथा प्रेमवाद भनेर सुप्रिम मास्टर ओमनन्द लाई चिनिन्छ ।
B. अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उद्यान नुवाकोटको ककनी जिल्लामा रहेका छ ।
C. ८ हजार मिटर भन्दा अग्ला सम्पूर्ण हिमाल आरोहण गर्ने व्यक्ति राईन होल्ड मेसनर हुन् ।
D. नेपालमा पर्वतारोहण संघको स्थापना वि.सं. २०२९ सालमा भएको थियो ।
15. मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चयुक्तको पदावधि कति वर्षको हुन्छ ?
A. ५ वर्ष B. ३ वर्ष C. ६ वर्ष D. ४ वर्ष
16. नेपालमा जैविक विविधता सम्बन्धि महासन्धि कहिले देखि लागू भएको हो ?
A) 1990 Feb 22 B) 1991 Feb 22
C) 1994 Feb 22 D) 1995 Feb 22
17. नेपाल सरकारले लिएको विभिन्न लक्ष्यहरुको सम्बन्धमा जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. । विकासशील राष्ट्रमा स्तरोन्ती 1. सन् २०२५
b. भोकमरी अन्त्य गर्ने 2. सन् २०२६
c. जल विद्युतमा आत्मनिर्भर हुने 3. सन् २०२७
d. एच आई भि अन्त्य गर्ने 4. सन् २०३०
A) a1,b3,c4,d2 B) a4,b2,c1,d3
C) a4,b3,c1,d2 D) a2,b1,c3,d4
18. १६ औ योजनाले योजनाको अन्त्य सम्ममा कृषि वस्तुको औषत उत्पादकत्व (प्रमुख बाली) कति मे.ट. प्रति हेक्टर पु¥याउने लक्ष्य लिएको छ ?
A. ३.७ मे.ट. प्रति हेक्टर B. ३.८ मे.ट. प्रति हेक्टर
C. ४.७ मे.ट. प्रति हेक्टर D. ५.७ मे.ट. प्रति हेक्टर
19. कोशीटप्पु वन्यजन्तु आरक्ष रामसार सूचीमा कहिले सूचीकृत भएको हो ?
A. सन् १९८७ मे १७ B. सन् १९८७ डिसेम्बर १७
C. सन् १९८७ मार्च १७ D. सन् १९८७ जनवरी १७
20. प्रशान्त महासागर सम्बन्धी तलका मध्ये कुन भनाई मिल्छन् ?
क) सबैभन्दा ठुलो र गहिरो महासागर हो ।
ख) प्रत्येक वर्ष १ ईन्चको दरले खुम्चदै गएको महासागर ।
ग) यो उत्तर ध्रुव देखि दक्षिण धु्रव सम्म फैलिएको छ ।
घ) यस महसागरको क्षेत्रफल १६ करोड ५७ लाख वर्ग कि.मि. रहेको छ ।
A. क र ख मात्र B. ख र ग मात्र C. ग र घ मात्र D. क र घ मात्र
उत्तरहरूः
1.B 11. C
2. D 12. C
3. D 13. D
4. D 14. D
5. C 15. D
6. A 16. C
7. D 17. D
8. A 18. A
9. C 19. B
10. B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100