चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 8 of 1100
  • 2026-10-04
  • 15:46:09
  • आइतबार,आश्विन १८, २०८३

About Author

प्राविधिक सचिवमा कर्माचार्यको बढुवा, यसपटक पहिलो नम्बरकै सिफारिस सदर

काठमाडौँ– सरकारले प्राविधिकतर्फ रिक्त सचिव पदमा वरिष्ठ सहसचिव जगदीश्वर कर्माचार्यलाई बढुवा गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सचिव बढुवा सिफारिस समितिको पहिलो नम्बरको सिफारिसअनुसार कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। प्राविधिकतर्फ रिक्त एक सचिव पदका लागि सिफारिस समितिले कर्माचार्यसहित तीन वरिष्ठ सहसचिवको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। समितिको सिफारिसमा कर्माचार्य पहिलो, नवीनराज सिंह दोस्रो र मीना श्रेष्ठ तेस्रो नम्बरमा थिए। प्रचलित व्यवस्थाअनुसार तीन वरिष्ठ सहसचिवमध्येबाट सरकारले एक जनालाई सचिवमा बढुवा गर्छ। सोही व्यवस्थाअनुसार सरकारले पहिलो नम्बरमा रहेका कर्माचार्यलाई सचिवमा बढुवा गरेको हो। कर्माचार्य यसअघि पनि प्राविधिकतर्फ सचिव बढुवाको सिफारिसमा परेका थिए। अघिल्लो पटक चिरञ्जीवी चटौत पहिलो, कर्माचार्य दोस्रो र नवीनराज सिंह तेस्रो नम्बरमा सिफारिस भएका थिए। उक्त सिफारिसमा पहिलो नम्बरमा रहेका चटौत सचिवमा बढुवा भएका थिए। यसपटक भने कर्माचार्य पहिलो नम्बरमा सिफारिस हुँदै सचिव बन्न सफल भएका हुन्। कर्माचार्य हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निमित्त सचिवका रूपमा कार्यरत छन्। उनको पदस्थापन भने अझै टुंगिएको छैन।

News by प्राविधिक सचिवमा कर्माचार्यको बढुवा, यसपटक पहिलो नम्बरकै सिफारिस सदर :