चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 76 of 1152
  • 2026-11-22
  • 12:35:49
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज ३ संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ–आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअनुसार, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढीबाट प्रभावित नागरिकहरूको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। उक्त छलफलका लागि समितिले गृह मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयका सचिवहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई समेत आमन्त्रण गरेको छ। यसैगरी कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ। बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको छ। छलफलका लागि समितिले कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ। यसैगरी पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङ जिल्लामा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माण, पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बैठक बिहान १० बजे बस्ने छ।

News by आज ३ संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेन्डा :