1.अन्तर्राष्ट्रिय बाघ दिवस कहिले मनाईन्छ ?
A) July 30 B) July 22 C) July 21 D) July 29
2.संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (ICJ)का न्यायाधीशहरूको संख्या कति हुन्छ ?
A. ९ B. १२ C. १५ D. २१
3. देहायका प्रथाहरु माथि अध्ययन गर्नुहोस् ।
१) कमैया प्रथा २) छुवाछुत प्रथा ३) कमलरी प्रथा ४) हलिया प्रथा
माथिका प्रथाहरु मुक्त घोषणा गरिएको मितिका आधारमा सुरु देखि क्रम कुन सहि छ ?
A. ४-२-३-१ B. ४-३-१-२ C. १-२-४-३ D. ३-४-२-१
4. तलका भनाईहरु विचार गर्नुहोस् ।
१. नेपाल अधिराज्यको संविधान,२०१५ मा १० भाग ७७ धारा रहेका थिए ।
२. नेपालको संविधान,२०१९ तीन पटक सम्म संशोधन भएको थियो ।
३. वर्तमान संविधानमा नागरिकका कर्तव्यहरु ४ वटा रहेको छ ।
४. प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकता दिने व्यवस्था वर्तमान संविधानको धारा १२ मा रहेको छ ।
A. २ र ४ ठिक B. ३ र ४ ठिक C. १,२ र ३ ठिक D.१,२ र ४ ठिक
5. प्रथम विश्वयुद्धको अन्त्य कुन सन्धिसँग सम्बन्धित छ रु
A. भर्सायको सन्धि B. पेरिसको सन्धि C. टोकियोको सन्धि D. रोमको सन्धि
6. समूहमा नमिल्ने संख्या कुन छ ?
69, 55, 26, 13, 5
A. 5 B. 13 C. 26 D. 55
7. Series पूरा गर्नुहोस् ।
60, 30, 30, 45, 90, 135, ?
A. 270 B. 205 C. 235 D. 405
8. लगातार आउने 4 वटा Whole numbers से गुणनफल तिनीहरू मध्ये एक हो भने सबैभन्दा ठूलो Whole number कुन हो ?
A. 3 B. 4 C. 24 D. 8
9. 5 वर्ष अघि वावुको उमेर छोराको उमेरको 5 गुणा थियो 10 वर्ष पछि वावुको उमेर छोराको उमेरको 2.5 गुणा हुनेछ भने हाल वावु र छोराको उमेरको योगफल र हाल वावु र छोराको उमेरको फरकको अनुपात कति हुन्छ ?
A. 16:9 B. 15:7 C. 17:8 D. 2:1
10. A र B को आम्दानीको अनुपात 3:4 छ र उनीहरूको कुल आम्दानी रु ५६,००० छ। यदि A को आम्दानी 20% ले बढ्यो र B को आम्दानी 10% ले घट्यो भने A को नयाँ आम्दानी कति होला?
A) रु २४,००० B) रु २८,८०० C) रु ३२,००० D) रु ३०,०००
11.उद्योग विभागले कति रकम सम्मको लगानी स्वीकृति गर्ने व्यवस्था रहेको छ ?
A. ४ अर्बसम्म B. ५ अर्ब सम्म C. ६ अर्ब सम्म D. ७ अर्ब सम्म
12.उत्तर हिमालदेखि दक्षिण चुरेसम्म फैलिएको नेपालको सबैभन्दा लामो जिल्ला कुन हो ?
A.सिन्धुपाल्चोक B. धादिङ C. नुवाकोट D. दोलखा
13. योजना बारे जोडा मिलाउनुहोस् ।
a. Numerical Target तोकिएको 1. पाँचौ
b. Eco-Tourism 2. तेस्रो
c. बढी खर्च भएको 3. छैंटो
d. दुई प्रकारका लक्ष्य तोकिएको 4. दोस्रो
A) a2,b3,c4,d1 B) a2,b3,c1,d4 C) a3,b4,c1,d2 D) a4,b3,c1,d2
14.नेपालले द्धिपक्षीय श्रम सम्झौता गरेको मुलुक कति वटा छन र अन्तिम कुन हो ?
A. ७,ईजरायल B. १०,जापान C. ९,कतार D. १३,साउदी
15.बहुचर्चिच नागढुंगा नौविसे सुरुङमार्गको लम्बाई कति रहेको छ कसको सहयोगमा निर्माण भएको हो ?
A. ३.६८८ कि.मि.,अमेरिका B. २.६८८,कि.मि.जापान
C. १.६८८ कि.मि.,जापान D. २.५ कि.मि.बेलायत
16.दुर्इ Prime numbers को LCM 161 छ ती दुई Prime numbers x र y छन् । (x>y) भए 3y-x को मान कति होला ?
A. -1 B. -2 C. 1 D. 2
17.कुनै वस्तुमा वार्षिक 20% ह्रासकट्टी हुन्छ 3 वर्ष पछि सो वस्तुमा एक मुष्ट ह्रासकट्टी कति हुन्छ ?
A. 45% B. 6 0% C. 48.8% D. 51.2%
18.पाइप C,B भन्दा दोब्बर छिटो छ । B चाहि A भन्दा दोब्बर छिटो ट्याङ्की भर्न सक्छ । तीनै वटा पाइप एकै साथ खोल्दा 5 घण्टामा ट्याङ्की भरिन्छ भने A एक्लैले सो ट्याङ्की कति समयमा भर्छ ?
A. 20 B. 25 C. 35 D. 40
19.हरिको घर पूर्व फर्किएको छ सो घरको ठीक पछाडिबाट 25m सीधा तल गई दाँया 25m गई वायाँ 10m जादा आहिले घरवाट हरि कुन दिशामा छ ?
A. N-W B. S-W C. N-E D. S-E
20.सीताले एउटा फोटो देखाउदै भनिन ‘उस्को मामाको मामा मेरो पनि मामा हो ।’फोटो र सीता वीचको नाता के होला ?
A. छोरा र आमा B. श्रीमान-श्रीमती C. भान्जा र माइजू D. भार्इ र दिदी
1. D 11. C
2. C 12. A
3. C 13. A
4. C 14. D
5. A 15. B
6. A 16. B
7. D 17. C
8. A 18. C
9. A 19. A
10. B 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 35