सहायक तेस्रो तहका कर्मचारीको तलब बढ्यो - Chaitanya News
  • 2026-09-21
  • 09:31:16
  • सोमबार,आश्विन ०५, २०८३
  • सहायक तेस्रो तहका कर्मचारीको तलब बढ्यो

    सहायक तेस्रो तहका कर्मचारीको तलब बढ्यो

    काठमाडौँ– मधेस प्रदेशमा प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहमा कार्यरत कर्मचारीको मासिक तलब ३७ हजार ४५७ रुपैयाँसम्म पुग्ने गरी नयाँ तलबमान कायम गरिएको छ।

    प्रदेश अर्थ मन्त्रालयका अनुसार सहायक तेस्रो तहका कर्मचारीको सुरु मासिक तलब ३० हजार ३७३ रुपैयाँ निर्धारण गरिएको छ। सात ग्रेड पूरा गरेपछि उनीहरूको अधिकतम कुल तलब ३७ हजार ४५७ रुपैयाँ पुग्नेछ।

    नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी कायम गरिएको हो।

    मधेस प्रदेश मन्त्रिपरिषद्को २०८३ भदौ २६ गते बसेको बैठकले प्रदेश निजामती सेवाका सहायक तेस्रो तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको थियो। सोही निर्णयका आधारमा अर्थ मन्त्रालयले नयाँ तलबमान कार्यान्वयनमा ल्याएको जनाएको छ।

    मन्त्रालयले नयाँ तलबमानबारे प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान तथा कार्यालयलाई जानकारी गराएको छ।

    मधेस प्रदेश सरकारको कार्यसम्पादन नियमावली, २०८० को नियम २३९(१०) बमोजिम मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरिएको अर्थ मन्त्रालयले जनाएको छ।