चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 468 of 1152
  • 2026-11-21
  • 19:18:09
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका केही ठाउँमा हुस्सु लागेको जानकारी दिएको छ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार, आज दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने छ । यस्तै, मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ। बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा घटेको छ। आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो । हिजो बिहान पौने ६ काठमाडौँमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको थियो।

News by आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस :