काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार बन्द सत्रमा प्रस्तुत राजनीतिक, समसामयिक, सांगठनिक र आर्थिक प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ। त्यससँगै महाधिवेशनको नीतिगत छलफलको चरणसमेत टुंगिनेछ। बन्द सत्रमा सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक…