विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी, नयाँ नेतृत्व चयन हुनसक्ने - Chaitanya News
  • 2026-05-06
  • 15:27:10
  • बुधबार,बैशाख २३, २०८३
  • विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी, नयाँ नेतृत्व चयन हुनसक्ने

    विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी, नयाँ नेतृत्व चयन हुनसक्ने

    काठमाडौँ– नेपाली काँग्रेसको विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी आयोजकले गरेका छन्।

    प्रचार प्रसार समितिका प्रमुख सुवास पोखरेलले महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै गणपूरक संख्या पुगिसकेको दाबी गरेका छन्।

    पोखरेलले कतिपय प्रतिनिधि आउने क्रम रहेकोले यकिन संख्या भन्न नमिल्ने बताए। यो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको काम पनि गर्ने वैधानिक व्यवस्था रहेकाले ५ सदस्यीय निर्वाचन समिति गठन हुने पोखरेलले बताए।

    उनका अनुसार विशेष महाधिवेशन एक दिन लम्बिने अवस्था रहेको र नेतृत्व चयनको प्रक्रियामा जाँदा थप एक दुई दिन लम्बिन सक्नेछ।