चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 431 of 1152
  • 2026-11-21
  • 16:24:33
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रधानमन्त्री कार्की र श्रीलंकाली नवनियुक्त राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाबीच शिष्टाचार भेट भएको छ । आज (बुधबार) सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक शिष्टाचार भेट गरेकी छन्। भेटका अवसरमा नेपाल(श्रीलंका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझा हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ। प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूत डेल्पिटियालाई कार्यभार सम्हालेको अवसरमा बधाई दिँदै नेपालमा रहँदा सफल कार्यकालको कामना व्यक्त गरिन्।

News by प्रधानमन्त्री कार्की र श्रीलंकाली नवनियुक्त राजदूतबीच शिष्टाचार भेट :