स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की - Chaitanya News
  • 2026-09-15
  • 15:02:32
  • मंगलबार,भाद्र ३०, २०८३
  • स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की

    स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतिर लाग्ने प्रतिबद्धता जनाएकी छन्।

    आज (बुधबार) सम्बन्धित पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने प्रतिबद्धता जनाएकी हुन्। साथै, उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन्।

    गरिब वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरूका लागि सो कार्यक्रम भएकाले उनीहरूको हित हुने गरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो।