न्याय परिषद्को निर्णयः १० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-26
  • 13:08:15
  • आइतबार,बैशाख १३, २०८३
  • न्याय परिषद्को निर्णयः १० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन सिफारिस, हेर्नुहोस् सूची

    न्याय परिषद्को निर्णयः १० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– १० जना जिल्ला न्यायाधीशको सरुवाभएको छ, भने २० जना जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरिएको छ। आज (बुधबार) सम्पन्न न्याय परिषद् बैठकले उक्त सरुवा र पदस्थापनसम्बन्धी निर्णय गरेको हो।

    बैठकले उपभोक्ता अदालत, काठमाडौँको अध्यक्षमा काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश डा. दिवाकर भट्टलाई नियुक्त गर्न परामर्श दिने निर्णयसमेत गरेको छ। साथै, बीमा ऐन २०७९ को दफा १४७ को उपदफा (१)बमोजिम कसुरसम्बन्धी मुद्दाको सुनुवाइ, कारबाही तथा किनारा गर्न देशभरका ७७ वटा जिल्ला अदालतलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ।