चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 380 of 1156
  • 2026-11-24
  • 10:52:10
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सुनसरी क्षेत्र नम्बर–२ बाट रास्वपाका लालविक्रम थापा निर्वाचित, काँग्रेस राजीव कोइराला पराजित

काठमाडौँ– गत बिहिबार) समपन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालविक्रम थापा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस का राजीव कोइराला ले १६ हजार ७१ मत प्राप्त गरेका छन्। यससँगै थापाले कोइरालामाथि ४१ हजार २७७ मतको फराकिलो अग्रता कायम गरेका हुन्। त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार सुजन लामा ले आठ हजार ३०३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टी का चेतन राई ले सात हजार ४८४ मत पाएका छन्। उक्त निर्वाचन क्षेत्रमा कुल एक लाख ५८ हजार ९१० मतदाता रहेकामा एक लाख एक हजार चार मत खसेको थियो। खसेको मतमध्ये ६ हजार २२९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

News by सुनसरी क्षेत्र नम्बर–२ बाट रास्वपाका लालविक्रम थापा निर्वाचित, काँग्रेस राजीव कोइराला पराजित :