‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’: प्रधानमन्त्री कार्की - Chaitanya News
  • 2026-04-25
  • 03:08:40
  • शुक्रबार,बैशाख ११, २०८३
  • ‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’: प्रधानमन्त्री कार्की

    ‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’: प्रधानमन्त्री कार्की

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको अध्ययनपछि मन्त्रिपरिषदमा पेश गरिने बताएकी छन्।

    आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै उनले उक्त दस्ताबेजको अध्ययन आफू र गृहमन्त्रीले संयुक्त रूपमा गर्ने र त्यसपछि मन्त्रिपरिषदमा प्रस्तुत गरिने जानकारी दिएकी हुन्।

    अध्ययनपछि आवश्यक निर्णय तथा कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढाइने उनले उल्लेख गरिन्।

    गत भदौ २३ र २४ गते भएका जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाक्रमको छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएको हो।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले घटनासम्बन्धी तथ्य, क्षति तथा सुधारका सिफारिसहरू समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ।