कैलाली क्षेत्र नम्बर २ बाट रास्वपाका २६ वर्षीय केपी खनाल विजयी - Chaitanya News
  • 2026-04-25
  • 03:07:53
  • शुक्रबार,बैशाख ११, २०८३
  • कैलाली क्षेत्र नम्बर २ बाट रास्वपाका २६ वर्षीय केपी खनाल विजयी

    कैलाली क्षेत्र नम्बर २ बाट रास्वपाका २६ वर्षीय केपी खनाल विजयी

    कैलाली– कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् ।

    २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे। निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए। चौधरीले ११ हजार ९४९ मत ल्याए।

    त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए।

    यसअघि कैलाली १ मा रास्वािकी कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन्।