धनगढीमा तीनदिने खाना उत्सव आयोजना हुने - Chaitanya News
  • 2026-11-18
  • 11:53:05
  • बुधबार,मंसिर ०३, २०८३
  • धनगढीमा तीनदिने खाना उत्सव आयोजना हुने

    धनगढीमा तीनदिने खाना उत्सव आयोजना हुने

    धनगढीः धनगढीमा तीनदिने खाना उत्सव (फुड फेस्टिभल) आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा खाना उत्सव आयोजना गर्न लागिएको हो।

    खाना उत्सव सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपमहानगरपालिकाले उत्सव आयोजना गर्न होटल व्यवसायी संघ कैलालीलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

    सम्झौताअनुसार खाना उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। यद्यपि, उत्सव आयोजना हुने मिति, समय र स्थान भने दुवै पक्षबीचको आपसी समन्वयमा तय गरिने जनाइएको छ।

    धनगढीका स्थानीय खानाका परिकारको पहिचान र प्रवर्द्धन गर्नुका साथै होटल तथा पर्यटन व्यवसायको विकासमा टेवा पुर्‍याउने उद्देश्यले खाना उत्सव आयोजना गर्न लागिएको हो।

    उत्सवको व्यवस्थापन तथा सञ्चालनका क्रममा धनगढी उपमहानगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्नेछ। साथै, कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि उपमहानगरपालिकाले अनुगमनसमेत गर्ने सम्झौतामा उल्लेख छ।