सुनसरी–१ बाट हर्कराज साम्पाङ विजयी - Chaitanya News
  • 2026-08-17
  • 15:42:06
  • सोमबार,भाद्र ०१, २०८३
  • सुनसरी–१ बाट हर्कराज साम्पाङ विजयी

    सुनसरी–१ बाट हर्कराज साम्पाङ विजयी

    काठमाडौं– सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन्।

    निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए। तामाङले २७ हजार २४९ मत ल्याइन् ।

    यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।