भक्तपुर–२ मा समानुपातिकतर्फको मतगणना सकियो - Chaitanya News
  • 2026-04-25
  • 03:08:46
  • शुक्रबार,बैशाख ११, २०८३
  • भक्तपुर–२ मा समानुपातिकतर्फको मतगणना सकियो

    भक्तपुर–२ मा समानुपातिकतर्फको मतगणना सकियो

    भक्तपुर– गत बिहिबार) सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ।

    आज सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिए ।

    नेपाली काँग्रेसले आठ हजार ७७८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आठ हजार ३९०, नेमकिपाले तीन हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले एक हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई हजार ८३२, श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन्।

    त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा आज बिहान ११ः०० बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको छ। दिउँसो १ः०० रास्वपाले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिए।

    त्यस्तै नेपाली काँग्रेसले एक हजार ५६५, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले एक हजार ६५, नेमकिपाले तीन हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन्। क्षेत्र नं १ मा मतगणना जारी रहेको उनले जानकारी दिए।