चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1060 of 1109
  • 2026-10-09
  • 07:55:35
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

समृद्धिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ : प्रोफेसर डा. शर्मा

काठमाडौं- काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपित प्रोफेसर डा. सुरेशराज शर्माले समृद्धिका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। चैतन्य ग्रुपको आयोजनामा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित सुशासन र समृद्धि विषयक सेमिनारका प्रमुख अथितिसमेत रहेका शर्माले परिवर्तनका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्। कर्मचारीले इमान्दारिताका साथ पुरा समय काम गरे जनताले समयमै सेवा पाउने र मुलुक समृद्धिको मार्गमा जाने बताए। 'कर्मचारीले सात घण्टा सेवा गर्दैन भने त्यहाँ सेवा हुँदैन। एक घण्टामा हुने कामको सेवा ग्राहीले एक महिनासम्म पनि सेवा पाउँदैन भने त्यो सेवा हुँदैन,' उनले भने, 'त्यसैले कर्मचारीको व्यवहारमा परिवर्तन हुन आवश्यक छ।' उनले सेवा प्रवाह गर्दा दिनमा १३ घण्टासम्म काम गर्ने गरेको स्मरण गरे। यसका साथै अहिले नेपालीमा आफ्ना सन्तानलाई विदेश पढाउन पठाउने प्रवृत्ति बढ्दै गएको बताए। नेपालमा पनि शिक्षाको गुणस्तर र विषय विज्ञताको अवस्थामा सुधार आएको बताउँदै नेपालमै गुणस्तरिय शिक्षा प्रदान गर्न सकिनेमा जोड दिएका छन्। उनले सधैँ बाहिरि मुलुकको आस गर्ने प्रवृत्तिको पनि अन्त्य गर्नु पर्ने बताए। सबैको साझा प्रयासबाट मात्र सबै क्षेत्रमा मुलुक आत्मनिर्भर हुन सक्ने बताउँदै उनले उक्त कुरामा जोड दिएका हुन्।