चैतन्य ग्रुपले आयोजना गरेको सुशासन र समृद्धि विषयक सेमिनार सुभारम्भ [तस्बिरहरू] - Chaitanya News
  • 2026-06-29
  • 01:11:09
  • आइतबार,आषाढ १४, २०८३
  • चैतन्य ग्रुपले आयोजना गरेको सुशासन र समृद्धि विषयक सेमिनार सुभारम्भ [तस्बिरहरू]

    चैतन्य ग्रुपले आयोजना गरेको सुशासन र समृद्धि विषयक सेमिनार सुभारम्भ [तस्बिरहरू]

    धुलीखेल- चैतन्य ग्रुपको आयोजनामा धुलिखेलको आगन्तुक रिसोर्टमा सुशासन र समृद्धि विषयक सेमिनार सुभारम्भ भएको छ। प्रमुख अतिथि प्रोफेसर डा. सुरेश राज शर्माले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका छन्।

    दुई दिनसम्म चल्ने यो सेमिनारमा देशभरका जनप्रतिनिधिदेखि नेपाल सरकारका पूर्वप्रशासक, प्रशासक, नीजि क्षेत्रका व्यक्तित्व गरी करिव २ सय जनाको उपस्थिति रहेको छ।

    कार्यक्रम संयोजक तथा चैतन्य ग्रुपका सीइयो गणेश प्रसाद जोशीले अतिथिहरूलाई स्वागत गर्दै आफूहरूले विगत १० वर्षदेखि देशको समृद्धि र विकाशका क्षेत्रमा बहस गर्दै आएको बताए।

    जोशीले देशको समृद्धि कुनै साहित्य नभएकाले यसमा हरेक व्यक्तिले अभ्यास गर्नुपर्ने धारणा राखे। ‘देशको समृद्धि कुनै साहित्य वा कथन होइन, यसका लागि हामी सबै नेपालीले आआफ्नो स्थानबाट योगदान पुर्याउनु पर्ने छ, सबै नागरिकले आआफ्नो स्थानबाट योगदान पुर्याए मात्र मुलुक समृद्ध हुनसक्छ,’ उनले भने।

    जोशीले हामी आफ्ना स्थानबाट सबैले विकाश, समृद्धि र सुशासनको संवाहक बन्न सकेको खण्डमा मात्रै देशलाई समृद्ध र सुशासनको बाटोमा लैजान सकिने बताएका थिए।