सैन्य पदको लिखित परीक्षामा ४८० जना उत्तीर्ण, लोकसेवाले निकाल्यो नतिजा - Chaitanya News
  • 2026-10-08
  • 16:34:52
  • बिहिबार,आश्विन २२, २०८३
  • सैन्य पदको लिखित परीक्षामा ४८० जना उत्तीर्ण, लोकसेवाले निकाल्यो नतिजा

    सैन्य पदको लिखित परीक्षामा ४८० जना उत्तीर्ण, लोकसेवाले निकाल्यो नतिजा

    काठमाडौँ– नेपाली सेनाको सैन्य पदका लागि सञ्चालन गरिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। लोक सेवा आयोगले खुला तथा समावेशीतर्फ लिइएको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन गरेको हो।

    आयोगले विज्ञापन नम्बर ०८२/८३/१०० अन्तर्गत श्री उत्तर पश्चिम पृतना हे.क्वा., निमारे ब्यारेक, सुर्खेतबाट शारीरिक तन्दुरुस्ती परीक्षामा छनोट भएका उम्मेदवारलाई लिखित परीक्षामा सहभागी गराएको थियो।

    उक्त परीक्षाबाट ४८० जना उम्मेदवार उत्तीर्ण भएका छन्। आयोगले बुधबार प्रकाशित गरेको सूचनामार्फत परीक्षाको नतिजा सार्वजनिक गर्दै सफल उम्मेदवारको विवरणसमेत उपलब्ध गराएको छ।

    लिखित परीक्षामा सफल उम्मेदवारहरू अब नेपाली सेनाको सैन्य पदको छनोट प्रक्रियाअन्तर्गत आगामी चरणमा सहभागी हुनेछन्।

    विस्तृत विवरणका लागि आयोगले जारी गरेको सूचना हेर्न सकिनेछ।