प्रकाशकीय : चैतन्य खबर किन? - Chaitanya News
  • 2025-05-15
  • 15:00:08
  • बिहिबार,जेठ ०२, २०८२
  • अहिले सूचना र प्रविधिले विश्वलाई निकै साँघुरो पारिदिएको छ। यो युग सूचना र प्रविधिको हो। प्रविधिको विकाससँगै विश्वमा दिनानुदिन इलेक्ट्रोनिक सञ्चारमाध्यमको महत्त्व बढ्दो छ। चैतन्य खबर डटकम त्यसैको उपज हो।

    ऐश्वर्य प्रकाशन प्रालीद्वारा सञ्चालित चैतन्य खबरमा जनताको दैलोबाट आवाज बिहीनको आवाजलाई टिपेर राज्यको आँगनसम्म पुर्‍याउने प्रयत्न रहने छ। राज्यका सकारात्मक कदमलाई सुन्दर अक्षरमा लेख्ने इमान्दार कोसिस सधैँ ऊर्जावान रहने छ। असली पत्रकारिताको आयाम हामी सुरुवात गर्छौँ भन्ने, दम्भ छैन। तर, त्यसको कडीका रूपमा हामी खरो प्रस्तुत हुनेछौँ। र, हामी डगमगाउने छैनौँ, सत्यको पक्षमा जिरह गर्न। यो हाम्रो प्रण हो।

    हामीलाई ब्रेकिङको हतारो छैन। हो र रेका भरमा समाचार सम्प्रेशण गरेर पाठकलाई दिगभ्रमित पार्नु पनि छैन। हामी सधैँ सत्यको खोजी र तथ्यको सम्प्रेशण्मा नै अडिग रहने छौं। हामी चैतन्य खबरलाई विचार र बहसको थलोका रुपमा अगाडि बढाउने छौं। हामी चैतन्यलाई समयको भरपर्दो साक्षी बनाउन चाहन्छौं। पाठकका लागि राष्ट्रिय राजनीतिक, सामाजिक, विज्ञान प्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद र मनोरञ्जनसँग सम्बन्धित सामग्रीका साथै विश्वभर फैलिएका नेपाली ‘डायस्पोरा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार सधैँ तथ्यपूर्ण, सन्तुलित तथा विश्वसनीय रुपमा एउटै थलोबाट सम्प्रेशण गरिरहने छौं।

    लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै समाजमा सत्य–तथ्य सूचना सम्प्रेषण गर्नु मिडियाको सबैभन्दा ठूलो दायित्व हो। मुलुकको सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको मुद्दालाई केन्द्रमा राखेर सूचना सम्प्रेषण गर्नु नै हाम्रो उद्देश्य हो। कसैप्रति आग्रह/पूर्वाग्रह नराखी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारिता हाम्रो मूल मन्त्र रहने कुरा आमपाठकसमक्ष प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं। अहिले अनलाइन मिडियाको बाढी नै आएको छ। हामीलाई त्यो बाढीमा हेलिनु छैन, हामीलाई त सङ्लो भएर सधैँ गन्तव्य भेट्न बगिरहनु छ। त्यो हामीलाई पक्कै पनि सहज छैन। तर, सहज कुरा त सबैले गर्छन्, चुनौतिको सामना गर्दै मर्यादित पत्रकारिताको जगलाई बलियो बनाउन हामी सधैँ उद्दत रहने छौं। त्यसका लागि भरपर्दा समाचार स्रोत, विद्वान् लेखक, उदारमना विज्ञापनदाता र शुभेच्छुकहरूको अटुट साथ, सहयोग र स्नेहको हामीले सधैँ अपेक्षा गरेका छौं।

    कोरोना महामारीले थिलथिलो भएको अर्थतन्त्र अझैँमाथि उठ्न सकेको छैन। रुस–युक्रेन युद्धका बाछिटाले नेपाललाई पनि प्रभावित पारेको छ। यो असहज परिस्थितिमा चैतन्य खबरको उदय हाम्रा लागि पक्कै पनि चुनौतिपूर्ण विषय हो। तर, सहज परिस्थितिको खोजिले मात्रै मुलुकमा विकाश सम्भव छैन। मुलुक अप्ठ्यारोमा रहेको समयमा नै चलायमान गतिविधि गर्नु राष्ट्रका लागि हितकर हुन्छ। त्यही सत्यलाई आत्मसाथ गर्दै चैतन्य खबर डटकमको उदय भएको हो। र, यो यात्रा सधैँ अविच्छिन्न रहने छ। धन्यवाद।

    गणेशप्रसाद जोशी
    प्रवन्ध निर्देशक
    चैतन्य खबर डटकम