व्यवस्थित बन्दै काठमाडौंका फुटपाथ [तस्बिरहरू] - Chaitanya News
  • 2026-05-25
  • 08:52:18
  • सोमबार,जेठ ११, २०८३
  • व्यवस्थित बन्दै काठमाडौंका फुटपाथ [तस्बिरहरू]

    व्यवस्थित बन्दै काठमाडौंका फुटपाथ [तस्बिरहरू]

    काठमाडौं- काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण हटाउन थालेको छ। सडक अतिक्रमणविरुद्ध सचेतना फैलाएको महानगरले अनौपचारिक रूपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले अटेरी गरेपछि उनीहरूलाई हटाएर फुटपाथ व्यवस्थापनको कार्य थालेको हो।

    अव्यवस्थित फुटपाथका कारण यात्रीहरुलाई कठिनाई हुने, सडकबाट हिँड्नु पर्ने बाध्यता र त्यसबाट हने दुर्घटनालाई मध्येनजर गर्दै सो अभियान संचालन गरिएको महानगरले जनाएको छ।

    काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेको हो।