काठमाडौं- पशुपतिनाथ क्षेत्र ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। पशुपतिनाथ मन्दिर दुई सय ४० हेक्टर जग्गामा फैलिएको छ।
पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीन धार्मिकस्थल प्रमाणित भएकाले र अति प्राचीन पूजास्थल, मठमन्दिर र मूर्ति तथा प्राचीन अभिलेखको अव्यस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्गहालय छ।
शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्।
काठमाडौं महानगरपालिकाले शुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन थालेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ।
जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ क्षेत्र सुन्दर र खुल्ला भएको हो।
![]()