चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1049 of 1110
  • 2026-10-09
  • 13:19:23
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गर्‍यो यू–१७ फुटबल टोलीको बिदाइ

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई बिदाइ गरेको छ। शनिबार एन्फाले एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जान लागेको टोलीलाई बिदाइ गरेको हो। एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे। नेपाली टोली आइतबार ९भोलि० त्यसतर्फ प्रस्थान गर्नेछ। बिदाइ कार्यक्रममा एन्फा उपाध्याक्ष खड्काले आफ्नो भविष्य निर्माणका लागि गम्भीर र अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिए। उनले एन्फामा विगतदेखि रहेको समस्या छिट्टै समाधान हुने प्रतिबद्धता जनाए। समूह ‘एफ’मा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्यान्डको सामना गर्नेछ। मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ छन्।  

News by अखिल नेपाल फुटबल संघ (एन्फा) ले गर्‍यो यू–१७ फुटबल टोलीको बिदाइ :