आउने चुनावले केपी ओली र उनको पार्टीलाई दण्डित गर्ने विकासमन्त्री मेटमणि चौधरीsf] दाबी - Chaitanya News
  • 2026-04-18
  • 17:59:22
  • शनिबार,बैशाख ०५, २०८३
  • आउने चुनावले केपी ओली र उनको पार्टीलाई दण्डित गर्ने विकासमन्त्री मेटमणि चौधरीsf] दाबी

    आउने चुनावले केपी ओली र उनको पार्टीलाई दण्डित गर्ने विकासमन्त्री मेटमणि चौधरीsf] दाबी

    दाङ – सहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिर ४ गतेको निर्वाचनले केपी ओली र उनको पार्टी एमालेलाई दण्डित गर्ने दाबी गरेका छन्।

    दुई पटक प्रतिनिधि सभा विघटन गरेर संविधान मास्ने काम गरेको भन्दै उनले आउने चुनावबाट केपी ओली र उनको पार्टी एमाले दण्डित हुने दाबी गरेका हुन्।

    दाङको गढवामा निःशुल्क स्वास्थ्य शिवरको उद्घाटन गर्दै लोकतन्त्रको पक्षमा आफूहरू उभिएको दाबी गरे।

    ‘हामी लोकतन्त्रमा विश्वास गर्छौं। प्रगतिमा विश्वास गर्छौं। त्यही भएर हामी एक ठाउँमा छौं’, उनले भने, ‘अर्काे कित्तामा लोकतन्त्र मास्न खोज्नेहरू छन्। एमालेलगायत अन्य दल संविधान मास्न खोजेका छन्।’

    निर्वाचनबाट एमाले अध्यक्ष केपी ओली र उनको पार्टीलाई दण्डित गर्ने समय आएको जिकिर गरे। ‘मुलुकलाई अगाडि लाने कि, फेरि पछि लाने। त्यो प्रश्न उठेको छ,’ उनले भने, ‘त्यसैले दण्डित गर्ने बेला आएको छ। प्रतिनिधि सभा विघटन गर्ने, प्रदेश सरकारलाई गोलचक्करमा फसाउने काम गरेकाले दण्डित हुनुपर्छ।’