उपराष्ट्रपति पुनले लिए अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाको जानकारी - Chaitanya News
  • 2026-06-03
  • 01:11:52
  • मंगलबार,जेठ १९, २०८३
  • उपराष्ट्रपति पुनले लिए अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाको जानकारी

    उपराष्ट्रपति पुनले लिए अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाको जानकारी

    काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।

    आज बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् । जोशीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएका थिए।

    शताब्दी पुरुष जोशी डेंगी संक्रमण र स्वास्थ्यमा न्य समस्या देखिए पछि किष्ट मेडिकल अस्पतालमा उपचाररत छन्।