ललितपुर– नेकपा माओवादीको केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं. २ का बागमती प्रदेश सभाका आकांक्षी उम्मेदवार सरोज डंगोलसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्। नेकपा एमाले ललितपुरको आयोजनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोश्रो संविधानसभामा प्रत्यासी रहिसकेका डंगोलसहित माओवादी र नेपाली कांग्रेसबाट प्रवेश गरेकाहरुलाई माला लगाइ पार्टीमा स्वागत गरेका हुन।
डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा माआवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईं एमाले प्रवेश गरेका हुन।