दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध - Chaitanya News
  • 2026-10-09
  • 13:17:36
  • शुक्रबार,आश्विन २३, २०८३
  • दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

    दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

    काठमाडौं: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्‍ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् ।

    प्रतिष्ठानको नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी भइरहँदा शर्मा निर्विरोध अध्यक्ष बनेका हुन् । अध्यक्ष बन्ने पक्का भएपछि उनले मध्यरातमा मनोनयन दर्ता गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक केसी र महासिचवमा शिव हमाल पनि निर्विरोध चयन भए ।

    वरिष्ठ उपाध्यक्षका आकांक्षी रामजी खाँडले उम्मेदवारी नदिएपछि केसी सर्वसम्मत भएका हुन् । लोकदोहोरी प्रतिष्ठानको ९ औं महाधिवेशन महोत्तरी जिल्लाको बर्दिवासमा भइरहेको छ । हिजो सुरु भएको महाधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्ने छ ।