काठमाडौं– यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १२ सयले बढेको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो। जुन, साताभरमा तोलामा १२ सयले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ। यो साता सोमबार सुनको मूल्य स्थिर थियो। यस्तै मंगलबार ४०० ले घटेको थियो भने बुधबार २०० रुपैयाँले बढेको थियो।
यसैगरी बिहीबार एकैदिन तोलामा १२ सय रुपैयाँले बढेको थियो। यस्तै शुक्रबार प्रतितोला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो। यो साता चाँदीको मूल्य भने स्थिर कायम छ। गत साताको शुक्रबार तोलामा ११ सय ७० रुपैयाँ कायम रहेको चाँदीको मूल्य हिजो शुक्रबार पनि यही कायम छ।