चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1045 of 1110
  • 2026-10-09
  • 14:45:53
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

उपचारका क्रममा बिरामीको ज्यान गएपछि आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरे, १३ जना पक्राउ

चितवन – उपचारका क्रममा बिरामीको ज्यान गएपछि आफन्तले चितवन मेडिकल कलेज भरतपुरमा तोडफोड गरेका छन्। भरतपुर महानगरपालिका– १३ का ३६ वर्षका रमेश कुँवर प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि भर्ना भएकोमा हिजो सोमवार बेलुका उपचारकै क्रममा ज्यान गएको विषयलाई लिएर आफन्तले आज मङ्गलवार अस्पतालमा तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हिजो नै कुँवरको मृत्युको विषयमा आफन्तलाई जानकारी दिइएको र हिजो कुनै प्रतिक्रिया नदिएका आफन्तले आज भने एक्कासी हुलसहित आएर तोडफोड गरेका अस्पतालले जनाएको छ। तोडफोडका कारण अस्पतालको आईसीयू कक्ष र विभिन्न उपकरण तथा झ्याल ढोकामा क्षति पुगेको छ । तोडफोडमा संलग्न १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

News by उपचारका क्रममा बिरामीको ज्यान गएपछि आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरे, १३ जना पक्राउ :