Chaitanyakhabar
काठमाडौँ– आज (शुक्रबार) दिउँसो ३ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुन सक्ने बताइएको छ।
एक सिडिओ र चार सहायक सिडिओसहित ३२ अधिकारीको सरुवा,को कहाँ पुगे? (सूचीसहित)
चाडपर्वमा सेवा रोक्न नपाइने, अत्यावश्यक जनशक्ति र औषधि तयारी अवस्थामा राख्न सरकारको निर्देशन
रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीका पाँच स्थानीय तहमा सम्पन्न
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा प्रशासनिक जिम्मेवारीमा रहेका अधिकारीसहित ३२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १५ र २३ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवामा एक प्रमुख जिल्ला अधिकारी (सिडिओ) र चार सहायक प्रमुख जिल्ला अधिकारीसमेत परेका छन्। निर्णयसँगै गृह प्रशासनअन्तर्गत विभिन्न…
काठमाडौँ– दसैँलगायतका चाडपर्वका बेला नागरिकले स्वास्थ्य उपचारदेखि विद्युत्, खानेपानी र यातायातसम्मका सेवामा समस्या भोग्न नपरोस् भनेर सरकारले सम्बन्धित निकायलाई सेवा नियमित राख्न निर्देशन दिएको छ। सरकारले अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राख्न भनेको हो। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिइएको हो। प्रधानमन्त्री…
बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सञ्चालन गरिरहेको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीमा पनि जारी राखेको छ। अभियानअन्तर्गत जिल्लाका पाँच स्थानीय तहमा कार्यक्रम सम्पन्न भएका छन् भने बाँकी पाँच स्थानीय तहमा कार्यक्रम हुन बाँकी रहेको रास्वपाका प्रदेश सार्वजनिक मामिला विभागका पूर्वउपप्रमुख तथा युवा नेता विशाल भट्टले जानकारी दिएका छन्। भट्टका अनुसार हालसम्म सिगास…
‘पढ्ने भनेको जागिरका लागि होइन, गजबका लागि हो।’ शिक्षालाई केवल रोजगारी र प्रमाणपत्रसँग जोड्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै रसायनशास्त्रका प्राध्यापक,तथा सामान्य ज्ञान प्रशिक्षक पुष्पराज सन्ज्याल अध्ययनलाई आफू र संसार बुझ्ने माध्यमका रूपमा व्याख्या गर्छन्। चैतन्य खबरको ‘चैतन्य संवाद’मा कुराकानी गर्दै उनले विद्यार्थी सफल हुन धेरै घण्टा किताब अगाडि बस्नुभन्दा सही अध्ययन शैली, स्पष्ट अवधारणा, निरन्तर अभ्यास,…
धनगढीः महाकाली नदीमाथि बनेको कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल भत्किएपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले यसको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार भत्किएको पुलको अनुगमनमा पुगेका लेखकले पुलको अवस्थाप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र पुनर्निर्माण गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका हुन्। उनले पुलको संरक्षण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउनसमेत ध्यानाकर्षण गराएका छन्। लेखकले दोधाराचाँदनी…
काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सङ्गठनात्मक संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशालाई केन्द्रमा राखेर छलफल अघि बढाएको छ। शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कार्य संयोजन समितिको बैठकले छलफलका लागि सातवटा एजेन्डा पारित गरेको हो। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति र त्यसमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल…