काठमाडौं– देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन्। तेह्रथुमको छथर गाउँपालिका–२ खैरेनी बस्ने ६५ वर्षीया बिष्णु कुमारी लिम्बु सोही गाउँपालिकास्थित सुगन्धघारी जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन्।
यस्तै, बाराको सिम्रौनगढ नगरपालिका–६ सतुवाही बस्ने ४० वर्षीय किशोरी राम सोही ठाउँस्थित झाडीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै,गोरखाको बारपाकसुलिकोट गाउँपालिका–६ रातोढुङ्गास्थित गोरेटो बाटोमा सोही गाउँपालिका–५ दुर्कुने बस्ने २० वर्षीय प्रकास वराम भन्ने कुल बहादुर वराम सोमबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।