चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1043 of 1110
  • 2026-10-09
  • 15:24:56
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

उत्तराखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुग्यो

उत्तराखण्ड– भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको बताइएको छ। उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो। स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३३ पुगेको छ।प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मंगलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो। प्रहरीले मंगलबार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौं घाइते अवस्थामा रहेका बताएको थियो। उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो। सो दुर्घटनामा घाइते भएकाको मृत्यु भएको हो। सो दुर्घटनामा परेका २७ जना पुरुष र छ महिलाको शव प्रहरीले भेटेको जनाएको छ। अरु १८ जना अझै पनि घाइतेको उपचार जारी रहेको छ। दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ। सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ।

News by उत्तराखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुग्यो :