चार घण्टापछि खुल्यो ,नारायणगढ मुग्लिन सडक,सवारी आवागमन सहज हुँदै - Chaitanya News
  • 2026-04-24
  • 12:13:09
  • शुक्रबार,बैशाख ११, २०८३
  • चार घण्टापछि खुल्यो ,नारायणगढ मुग्लिन सडक,सवारी आवागमन सहज हुँदै

    चार घण्टापछि खुल्यो ,नारायणगढ मुग्लिन सडक,सवारी आवागमन सहज हुँदै

    काठमाडौं– विहानदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड ४ घण्टापछि सञ्चालनमा आएको छ।

    चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्र किलोको पहिरो हटाएपछि सो सडक खण्ड दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    गएराती देखि परेको अविरल बर्षाका कारण सो स्थानमा पहिरो गएको थियो।

    बिहान ८ बजेर २० मिनेटमा गएको पहिरो साढे ११ बजे सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पहिरो खुलेपछि जाममा फसेका सवारीसाधन गन्तव्य तर्फ लागेका छन्।

    सडक खुले पनि सवारीको लाम लामो भएकाले यातायातको चाप बढेको छ।