चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1037 of 1111
  • 2026-10-09
  • 18:23:31
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

माओवादी केन्द्र इमान्दारीता, सक्षमता, लोकप्रियता र बौद्धिकताको वधशाला नबनोस् : भण्डारी

कर्णाली– कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री नरेश भण्डारीले माओवादी केन्द्र इमान्दारीता, सक्षमता, लोकप्रियता र बौद्धिकताको वधशाला बन्न नहुने बताएका छन्। गुटीय तराजुको अन्यायपूर्ण जोखाइबाट पीडित हुदै आएको कर्णाली यो पटक पनि अछुतो नरहेकाले भन्दै भण्डारीले यस्तो बताएका हुन्। भण्डारी जुम्लाबाट प्रतिनिधिसभाका लागि सिफारिस भएका थिए। तर उनले टिकट प्राप्त गर्न सकेनन्। उनको विकल्पमा जुम्लाबाट प्रतिनिधि सभाका लागि गोमा कुँवरले टिकट प्राप्त गरिन्। यस्तै मनऋषि धिताल पनि टिकटकै दौरानमा थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आफुले गुटका आधारमा टिकट प्राप्त गर्न नसकेको संकेत गर्दै टिकट वितरण प्रक्रियामा गुटगत स्वार्थ जोडेर मात्रै वितरण गरिएको बताए। ‘मस्तिष्कमा समृद्ध कर्णाली अनि गर्विलो जुम्ला कुँदिएको छ, नशा नशामा मातृभूमि र जनताको माया दौडिरहेको छ,’ भण्डारीले भने, ‘मेरो मातृभूमिको एक मुठ्ठी माटो र एक अञ्जुली पानी साक्षी राख्दै राजनीतिक म्याराथनमा होमिएको हुँ। जसरी हजारौं प्रहारहरू नखेपी एउटा मूर्ति तयार हुँदैन, त्यसैगरी मैले पनि मेरा सपनाहरुको लागि अनेकौं प्रहारहरू खेपिरहेको छु।’ भण्डारीले घातक प्रहारसँग मुक्कामुक्की गर्न तयार भएर मात्र सजाएका सपनाहरुलाई न्याय गर्न नसकिने कुरामा आफु स्पष्ट रहेको बताएका छन्। भण्डारी प्रदेशमा माओवादीभित्र बौद्धिक छवि र भिजनेवल नेताको रुपमा परिचित छन्।  

News by माओवादी केन्द्र इमान्दारीता, सक्षमता, लोकप्रियता र बौद्धिकताको वधशाला नबनोस् : भण्डारी :