कर्णालीमा नदीमा आएको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित - Chaitanya News
  • 2026-04-24
  • 20:09:19
  • शुक्रबार,बैशाख ११, २०८३
  • कर्णालीमा नदीमा आएको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

    कर्णालीमा नदीमा आएको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

    सुर्खत– लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन्।

    राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए।

    नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए।