काठमाडौँ– चाडपर्वका बेला फरक ब्रान्डका खाली ग्यास सिलिन्डर साट्न नपाएर समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा ६ स्थानबाट सिलिन्डर साटफेर तथा ग्यास बिक्री गरिने भएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म यस्तो व्यवस्था गरेको हो। उपभोक्ताले तोकिएका केन्द्रबाट जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर खाना पकाउने एलपी ग्यास लिन सक्नेछन्।
सङ्घका अनुसार सेवा हरेक दिन बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ। आपूर्ति सहज रहे पनि चाडपर्वमा सिलिन्डर साटफेरमा समस्या भएको गुनासो आएपछि उपभोक्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको सङ्घका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सङ्घले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित भइरहेको जनाएको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको उसको भनाइ छ।
सिलिन्डर साट्ने तथा ग्यास लिने ६ स्थान
१. सिफलचौर, काठमाडौँ — ग्यास एन्ड अक्सिजन ट्रेडर्स
उपलब्ध ब्रान्ड : एभरेस्ट र सुगम
सम्पर्क : ९८०१०९१२७७
२. पेप्सीकोला, काठमाडौँ
उपलब्ध ब्रान्ड : सगर ग्यास
सम्पर्क : ०१–५१५६२७४
३. बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, काठमाडौँ
उपलब्ध ब्रान्ड : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी
सम्पर्क : ९८०२९५०४१७
४. सुकेधारा, काठमाडौँ
उपलब्ध ब्रान्ड : बाबा र श्री ग्यास
सम्पर्क : ९८५१११३७०४
५. कलङ्की, काठमाडौँ
उपलब्ध ब्रान्ड : साईबाबा र श्रीकृष्ण ग्यास
सम्पर्क : ९८५१०६०१९२
६. हरिसिद्धि, ललितपुर
उपलब्ध ब्रान्ड : श्रीराम ग्यास
सम्पर्क : ९८५११३७७३२